ghar sansar

एक महिना पनि मन्त्री हुन नपाएका एमालेका यी तीन नेता

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा एमालेका तीन मन्त्री सरकारबाट बाहिरिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको सचिवालयमा मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

गत जेठ २८ गते नेकपा एमालेबाट मन्त्री सुरेन्द्र पाल आर्थिक मामिला मन्त्री, हिरा सार्की र वीरबहादुर थापा विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । पालले २६ दिनसम्म मन्त्री भएर काम गर्ने अवसर पाए ।

,orning glory badhai
dirghayi clinic

विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन असार १५ गते मुख्यमन्त्री सोडारीले दुई वटा मन्त्रालय फुटाएका थिए। ती मध्ये उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर वन तथा सहकारी मन्त्रीको जिम्मेवारी वीरवहादुर थापालाई दिएका थिए ।

यस्तै हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए। थापा र सार्की मन्त्रालयको जिम्मेवारी पाएको एक हप्तामै सरकारबाट बाहिरिएका छन् ।

संघमा नयाँ सत्तासमीकरण बनेसंगै सुदूरपश्चिममा एमालेले प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि अहिले मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

प्रदेशमा नेपाली कांग्रेस र एमालेका सासंद अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले राजिनामा दिनुपर्ने बताइरहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...