ghar sansar

बेलौरीको शोभातालमा डुङ्गा सररर (तस्बिरहरु सहित)

माधव पौडेल

बेलौरी(कञ्चनपुर) । बेलौरी नगरपालिका ५ स्थित पर्यटकीय स्थल शोभातालमा बिहीबारदेखि डुङ्गा सेवा सञ्चालनमा आएको छ ।

mahostaw

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले शोभातालको पर्यटन विकासका लागि संघीय सरकारको ससर्त अनुदान बाट ५ थान डुङ्गा,१थान गौतम बुद्धको मूर्ति र १थान सेल्फी स्टेण्ड लगायत सामाग्री शोभाताल संरक्षण समितिको परिसरमा पुगी हस्तान्तरण गरिएको नगरप्रमुख पोतीलाल चौधरीले संघीय सरकार संग पहल गरी सामग्री माग गरेको बताए ।

बेलौरी नगरको नीति तथा कार्यक्रममा तालमध्ये शोभाताल पनि पर्यटकीय हबको रुपमा विकास गरिने निर्णय भए अनुरूप काम अघि बढाइएको र केही दिन बेलौरी नगरपालिका वडा नम्बर १,२ र ३ मा रहेको बन्धातालको पर्यटन विकासका लागि टेण्डर प्रकिया बढाइने समेत बताए ।

शोभातालको चौतर्फी विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले सहयोग गर्दै आइरहेको छ।कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, नगरप्रवक्ता हर्क बहादुर भूल, वडाध्यक्ष लाल बहादुर चौधरी,कार्यपालिका सदस्य आरती चौधरी लगायत स्थानीय सहभागी भए ।

कार्यक्रममा शोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले तालको पर्यटन विकासका लागि सामाग्री उपलब्ध गराउन अहम भूमिका खेलेकोमा नगरप्रमुख पोतिलाल चौधरी र नगरपालिका प्रति धन्यवाद दिए ।

Himal dental
सम्बन्धित
Loading...