ghar sansar

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा मुख्यमन्त्री सोडारीकी पत्नी दोषी ठहर, ६ महिना कैद र १० हजार जरिवना

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन् ।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो । अख्तियारले २०७९ सालको असोज ७ गते गीता विरुद्ध विषेश अदालतमा मुद्दा दर्ता गरेको थियो ।

,orning glory badhai
dirghayi clinic

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।

विषेश अदालतका प्रवक्ता धनबहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताका विरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्दामा कैद र जरिवाना माग दाबी गरिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी गरिएको थियो ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...