महेन्द्रनगर । कञ्चनपुरमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–९ का २६ वर्षीय सुमेर राम राना र २४ वर्षीय प्रदिप राना पक्राउ गरिएको छ ।
यी दुबै जनालाई बेलौरी नगरपालिका–७ पौलाहबाट सुदूरपश्चिम प्रदेश ०१–००९ प ५५३३ नम्बरको मोटरसाइकल र २.५८ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।