ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिन काँग्रेस एमालेको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

शनिबार संसद सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गरी सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन् ।

उनले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन। बजेट माथिको छलफल हुन नसकेको नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादर शाहले बताए ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उप–नेता सन्तोष थापा (शर्मा), प्रमुख सचेतक बीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी लगायतको सहभागिता थियो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Himal dental
सम्बन्धित
Loading...