महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम बिक्रम भाट(सरल) औषधि लिएर आफैं बाढी पीडित वस्तीमा पुगेका छन् ।
मन्त्री भाटले बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी र दोधारा चाँदनीका बाढी पीडितलाई सुपानेट झुल, अति आवश्यकीय औषधी वितरण गरेका छन् ।
बाढी पीडितलाई राहत र क्षतिग्रस्त सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताए ।