ghar sansar

चर्चित देउडा गायक अछामी बड्डो सहित सुदूरपश्चिमका २० स्रष्टालाई प्रादेशिक प्रतिभा पुरस्कार

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले शनिवार धनगढीमा स्रष्टाहरूलाई सम्मानित एबम् पुरस्कृत गरेको छ । २११ औ आदिकवि भानुजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानले लोक संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ लोकगायक तथा डेउडा सम्राट् नन्दकृष्ण जोशीलाई सम्मानित गरेको छ ।

dirghayi clinic

यसैगरि भाषा–साहित्य तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ कवि मनिराज जोशीलाई, गायन तर्फको प्रादेशिक पुरस्कार लालबहादुर धामी (अछामी बड्डो)लाई, ललितकला तर्फको प्रादेशिक पुरस्कार वरिष्ठ चित्रकार जीतबहादुर आउजीलाई, चलचित्र तथा नाट्य तर्फको प्रादेशिक पुरस्कार राजकुमार जोशीलाई, सँगीत तर्फको प्रादेशिक पुरस्कार लीलाधर बास्कोटालाई र डेउडा लोकगायन तर्फको प्रादेशिक पुरस्कार गायिका रेखा जोशीलाई प्रदान गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए ।

,orning glory badhai

समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, प्रदेश सरकारकी संस्कृति मन्त्री माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले स्रष्टाहरूलाई दोसल्ला, नगद पुरस्कार, टिका र मालाले सम्मानित गरेका थिए ।

यसैगरि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मानबाट विभिन्न बिधाका १४ स्रष्टालाई सम्मानित गरेको छ । सम्मानित हुने स्रष्टाहरूमा माधबसिंह बिष्ट, दलबहादुर बोगटी, सुरज शाह, ओमप्रकाश पुन, गौरी भट्ट, लक्षीराम आचार्य, कटक नेपाली, केपी कलौनी, धनेश्वरी रेग्मी,सागर कुश्मी चौधरी, गायिका पवित्रा भण्डारी,पुरनसिंह कडायत,रोहितप्रसाद ढुङ्गाना र जयदेव जोशी दार्चुला रहेका छन् । समारोहमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री सोडारीले प्रज्ञा प्रतिष्ठानलाई स्वायत्त बनाउन सरकारले पहल गरिरहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...