ghar sansar

प्रदेश सभाबाट विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको अडान कायमै

khasi

महेन्द्रनगर । ३० दिनभित्र विश्वासको मत लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको अडान कायमै राखेका छन् ।

नयाँ गठबन्धनमा आवद्ध नेताहरुले राजीनामा दिन दबाब बढाइरहेका बेला मुख्यमन्त्री सोडारीले भने विश्वासको मत लिने यसअघिको अडानलाई कायमै राखेका छन्। एकीकृत समाजवादीका सोडारी नेतृत्वको सरकारमा आर्थिक मामिलामन्त्री रहेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए ।

dirghayi clinic

एमाले सरकारबाट बाहिरिएपछि आफ्नै दलका मन्त्रीले ल्याएको बजेटको स्वामित्व लिन नखोज्दा अहिले प्रदेशसभामा पेस भएको बजेट ‘बेवारिसे’ बन्न पुगेको छ ।

बजेट पास गर्न छलफलका लागि प्रदेशसभामा बैठक नै बोलाउन नसकेको सरकारबाट असार २० गते एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि बजेटको अन्योल बढ्दै गएको हो ।

अन्तिम अवस्था आएपछि मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद्को निर्णय गर्दै आइतबार रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस पत्र पठाएका छन् ।

४ बजेर ४८ मिनेटमा पत्र प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बताए । तर प्रदेश प्रमुख बाहिर भएकाले उहाँले कस्तो निर्देशन गर्नुहुन्छ, त्यसैमा भर पर्ने कुरा भएको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...