
महेन्द्रनगर । सुदूरपश्चिममा अबको मुख्यमन्त्री बन्न कांग्रेसभित्र दौडधुप बढेको छ । काँग्रेस एमाले सत्ता साझेदारीपछि सुदूरपश्चिमको मुख्यमन्त्री काँग्रेसको भाग परेपछि आकाँक्षीले दौडधुप बढाएका हुन् ।
केन्द्रीय सत्ता समिकरणको सहमती अनुरुप सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने भएपछि कांग्रेसभित्रै दौडधुप बढेको हो । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री सोडारीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । सोडारीलाई विश्वासको मतका लागि अझै केही दिनको समयसीमा बाँकी छ ।
