ghar sansar

सत्ता छाड्न आन्तरिक छलफलमा लागे मुख्यमन्त्री सोडारी, भने –रावल दाई र कमल शाहसंग मेरो कुनै वैमनस्यता छैन

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारबाट बाहिरिनेबारे आन्तरिक छलफल तथा परामर्श थालेका छन् ।

अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार आफू सत्तारुढ राजनीतिक दलसहित सरोकारवालासँग छलफलमै रहेको मुख्यमन्त्री सोडारीले बताए ।

,orning glory badhai

मुख्यमन्त्री सोडारीले भने, ‘आज पनि छलफलमै छु । संसदमा आफ्नो कुरा राख्ने र साथीहरू (प्रतिपक्ष) सरकार सञ्चालनमा अगाडि बढ्नुस् भन्दै शुभकामना दिने हो ।’

dirghayi clinic

सरकारप्रति तथा अहिले उत्पन्न बजेटको जटिलताबारे आफू निकै गम्भीर रहेको बताउँदै उनले माथिल्लो राजनीतिक खिचातानीले प्रदेशमा समस्या आएको स्पष्ट पारे ।

उनले भने, ‘यहाँ त कुनै समस्यै छैन नि । समस्या त माथिबाट सिर्जना गरिएको हो । न त एमालेका राजेन्द्र रावल दाइसँग मेरो कुनै वैमनस्यता छ, न कांग्रेसको कमल शाहसँग । मलाई मुख्यमन्त्री बनाउन सिफारिस गर्ने रावल नै हो । म उहाँहरूलाई चाहिने र मलाई पनि उहाँहरू चाहिने नै हो ।’

असार १७ गते एमाले र कांग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारबाट एमाले बाहिरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

साभार : रातो पाटी

Himal dental
सम्बन्धित
Loading...