ghar sansar

सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै छन् काँग्रेस सभापति देउवाका भतिजा प्रकाश

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन् ।

dirghayi clinic

काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ । शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताए । उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ । प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो । हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ । भोलि बिहान ११ बजे दलको बैठक छ । दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ ।’

काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो । पूर्व मुख्य मन्त्री कमल बहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ । देउवा काँग्रेस सभापति शेर बहादुर देउवाका भतिजा हुन् ।

Himal dental
सम्बन्धित
Loading...