प्रदेश सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

Amity

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् ।

janjyoti campus

उनलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले बजेट पारित हुनु अगावै साथ छाडेपछि बजेट ल्याउन नसकेको सबैभन्दा ठूलो आरोप सोडारीमाथि छ ।

तर सोडारीले भने बजेट प्रस्तुत गरेका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पाल स्वयं र उनको पार्टी एमालेले आफ्नो जिम्मेवारी पुरा नगरेका कारण बजेट ल्याउन नसकिएको दाबी गरे ।

उनले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए

ghar sansar
सम्बन्धित
Loading...