सुदूरपश्चिममा मुख्यन्त्रीको दावी पेश गर्न तीन दिन समय

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्म सोडारीलाई नै कामचलाउ तोकिएको छ ।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । उक्त धारामा दुई या दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको अवधि तोकिएको छ ।

janjyoti campus

हाल दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको अवस्थामा सुदूरपश्चिममा यी दुई दलको स्पष्ट बहुमत छ ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्य संख्या आवश्यक हुन्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । उनीहरु दुई जोड्दा पनि २९ जना पुग्छ । त्यसैमा नागरिक उन्मुक्ति पार्टीसमेतले नयाँ सरकारलाई समर्थन गर्ने भएको छ ।

ghar sansar
सम्बन्धित
Loading...