

महेन्द्रनगर । काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम टुङ्गो लगाएको छ । काँग्रेसबाट प्रदेश सभा सदस्य विक्रमसिंह धामीका अनुसार तर कुन मन्त्रालयको मन्त्री बन्ने भन्ने विषमा भने एकीन भइ सकेको छैन ।

कांग्रेसबाट बहादुरसिंह धाम र मेघराज खड्का मन्त्री बन्ने गरी नाम टुंग्याइएको छ। यसैबीच सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्दैछन् ।

दोस्रोपटक आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारको तयारी समेत गरेका छन् ।
कांग्रेस र नेकपा एमालेबीच तीन÷तीन मन्त्रालय लिने समझदारी भए पनि कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ ।

