बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन्

Amity

महेन्द्रनगर । सरकार विरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमवार देश छाडेकी छन्। उनी सैनिक हेलिकोप्टरबाट भारतको पश्चिम बंगाल प्रस्थान गरेकी छन् ।

आज दिउँसो प्रधानमन्त्री हसिना भारत प्रस्थान गरेको बंगलादेशको दैनिक पत्रिका प्रोथोमआलोका परराष्ट्र मामिला हेर्ने पत्रकार रइद एजाजले जानकारी दिए ।

janjyoti campus

हसिनाले पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् तर त्यसको स्वतन्त्र पुष्टि अझै भइनसकेको पत्रकार रइदले जानकारी दिए । असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतवारमात्रै कम्तिमा ९८ जनाले ज्यान गुमाएका थिए ।

सोमवार देश छाड्नुअघि हसिनाले बंगलादेशमा आन्दोलन आतंककारीहरुले गरेको र यसको उद्देश्य देशलाई अस्थिरतामा लैजान खोजिएको आरोप लगाएकी थिइन् । उनले आन्दोलन स्थगीत गरेर वार्तामा आउन विद्यार्थीहरुलाई अनुरोध गरेकी थिइन् । तर विद्यार्थीहरुले आन्दोलन रोकेका छैनन् । प्रतिपक्षी दलले पनि आन्दोलनलाई समर्थन जनाएको छ ।

एक महिनाअघि आन्दोलन शुरु भएदेखि हालसम्म कम्तिमा पनि ३०० जनाको मृत्यु भइसकेको छ । हालसम्म कम्तिमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमवार बंगलादेशकी प्रधानमन्त्री हसिनाको निवासमा हजारौं प्रदर्शनकारीहरु जम्मा भएर उनको राजीनामा माग्दै घेराउ गरेका थिए । सोमवार कम्तिमा पनि चार लाख प्रदर्शनकारीहरुले ढाकामा विरोध प्रदर्शन जारी राखेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...