

महेन्द्रनगर । जिफन्ट आबद्ध घटक नेपाल स्वरोजगार व्यापार श्रमिक संघ ठेला बजार इकाइ भीमदत्त नगर कमिटीले तरकारी बजारमा सरसफाई गरेको छ । कर्मचारी मिलन केन्द्र नजिकको तरकारी बजारमा कार्यस्थल सरसफाई कार्यक्रम अन्र्तगत सरसफाई गरिएको छ ।

सरफाई कार्यक्रममा नेपाल स्वरोजगार व्यापार श्रमिक संघका केन्द्रिय सचिव खडक रोकामगर, केन्द्रीय सदस्य उमेश पाण्डेय, जिफन्ट कञ्चनपुर संयोजक भोज बहादुर ऐर लगायत ४० जना सहभागी भएका छन् ।
तरकारी बजारमा संकलन गरिएको फोहर भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघका केन्द्रीय सदस्य उमेश पाण्डेयले जानकारी दिए ।
