

महेन्द्रनगर । महाकाली साहित्य संगमले यस वर्ष पनि खुला मञ्चमा गोःरा महोत्सव मनाउने भएको छ । त्यसका लागि संगमले भदौ ८ गते बिरुडा पञ्चमीदेखि महोत्सव गर्ने तयारी थालेको छ ।

महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष हरिश प्रसाद जोशीले गोःरा महोत्सवलाई भव्य, सभ्य तथा उपलब्धि पूर्णका साथ सुब्यवस्थित रुपमा मनाउन शनिबार विस्तारित भेला आयोजना गरिएको जानकारी दिए ।

संगमले साँझ ५ बजे खुला मञ्चमा हुने भेलामा सहभागी हुन सबैमा आमन्त्रण गरेको छ ।
