शेख हसिनाले भनिन्– लाशहरुको जुलुश हेर्न नपरोस भनेर देश छाडे, छिट्टै स्वदेश फर्किन्छु

सेन्ट मार्टिन र बंगालको खाडी अमेरिकालाई सुम्पेको भए सत्तामा रहन सक्थेँ

Amity

महेन्द्रनगर । शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि राष्ट्रलाई सम्बोधन गर्न चाहन्थिन् । तर, विद्यार्थीहरूको हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि ५ अगस्टमा उनले हतारमा देश छाडिन् । तर, अहिले आएर उनले मुख खोलेकी छिन् । उनले अमेरिकाले बंगलादेशमा शासन परिवर्तनको षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।

अहिले भारतमा रहेकी हसिनाले अमेरिकालाई सेन्ट मार्टिन र बंगालको खाडी दिएको भए आफू सत्तामा रहिरहन सक्ने दाबी गरेकी छिन् । ‘यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी छोडेर अमेरिका गएको भए म सत्तामा रहन सक्थेँ,’ उनले आफ्नो अवामी लिग समर्थकहरूलाई लेखेको सन्देशमा भनिएको छ ।

janjyoti campus

देश छाडेर भागेपछि उनको पहिलो भनाइ आएको हो । बंगालको खाडीको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मार्टिन टापु बंगलादेशको सबैभन्दा दक्षिणी भाग हो । लासहरूको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएको उनले बताइन् । उनले नयाँ अन्तरिम सरकारलाई विदेशी शक्तिहरूबाट प्रयोग नहुन चेतावनी दिएकी छिन् । समर्थक र कार्यकर्तालाई दिएको सन्देशमा उनले चाँडै स्वदेश फर्कने वाचासमेत गरेकी छिन् ।

आफू देशमा बसेको भए अझै धेरै ज्यान गुमाउन सक्ने उनले अनुमान गरेकी छिन् । ‘सायद आज म देशमा भएको भए धेरैको ज्यान गएको हुन्थ्यो, धेरै सम्पत्ति नष्ट हुने थियो । मैले आफैँलाई हटाएँ । म तपाईंहरूको जित लिएर आएकी हुँ । तपाईंहरू मेरा शक्ति हुनुहुन्थ्यो । तपाईंहरूले मलाई चाहनुभएन, म आफैँले राजीनामा दिएर देश छाडेँ,’ पत्रमा लेखिएको छ । उनको भनाइप्रति आइतबार साँझसम्म अमेरिकाले कुनै टिप्पणी गरेकी छैनन् । हसिना भागेपछि लाखौँको संख्यामा रहेका उनको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ । पार्टी कार्यालयमा आगजनी गरिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...