

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् ।

बुधबार दिउसो ३ बजेका लागि संसद बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए । संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको दिनदेखि ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।

मुख्यमन्त्री शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, एमालेका ११ गरेर २९ प्रदेश सभा सदस्यको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेशमा बहुमतका लागि चाहिने संख्या २७ हो । तर नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा गएको छ । नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका छन् ।

