ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिँदै छन् । यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

dirghayi clinic

साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन् ।

,orning glory badhai

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा अल्झिएको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिनेमा पनि यकिन भइसकेको छैन ।

Himal dental
सम्बन्धित
Loading...