ghar sansar

विविध कार्यक्रम सहित मनाइयो मुक्ति पर्व दिवस

khasi

महेन्द्रनगर । संत निरंकारी मण्डल नेपाल सत्सङ भवन महेन्द्रनगरमा मुक्ति पर्व दिवसको अवसरमा मण्डलका केन्द्रिय सह सचिव एबम् महेन्द्रनगर मुखि तथा ज्ञान प्रचारक नर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा बृहत् सत्सङ कार्यक्रम सम्पन्न भएको छ ।

ratnam

कार्यक्रममा प्रमुख अतिथि बिश्वकर्माले भने, सन्त निरंकारी मिसनको उद्देश्य जनजनमा पुगाउनका लागि अहोरात्र खटेर जीवन नै समर्पित गर्नु हुने माता बुधबन्ती जी , सहनशा बाबा औतार सिंह जी, प्रधान लाभ सिंह जी बाबा गुरुवचन सिंह जी , चाचा प्रताप सिंह जी , बाबा हरदेव सिंह जी , माता सबिन्दर जी, राजमाता कुलवन्त कौर जी लगायत त्यस्तै नेपालमा पनि मिसनको प्रचारप्रसार गर्दै सेवा निभाउँदै जीवन समर्पण गर्नु हुने दिवङ्गत ब्रह्मलिन महात्मा लाल बहादुर कुमाल , रन सिंह सुनार जी , खडक बहादुर शाह जी , कृष्ण प्रसाद रेग्मी जी , उजिर सिंह बिक जी नन्दलाल जोशी जी , नन्दलाल रेग्मी , प्रभुनाथ रेग्मि , नवल सिंह रावल , लगायत का हजारौं संत महात्मा तथा परिवारका सदस्यले मुक्ति प्राप्त गरेको यादमा मुक्ति पर्व मनाइने गरिन्छ , खासगरी मुक्ति को अर्थ ब्रह्म ज्ञान प्राप्त गरिसके पछि , जाति पाति , उचनिच , गरिब धनी , लिंग , रङ्ग , क्षेत्र , नश्ल आदिको भेदबाट ,असमानता बाट मुक्ति प्राप्त गरि समानता, मानव एकता , बन्धुत्व भाइचारा कायम हुनु हो। व्यक्ति भित्र रहेका कुभावना , गलत आदत , नशा बन्दी , व्यविचार , भ्रम भ्रान्ती बाट मुक्ति पाइ भक्तिमय जिवन जीउने मार्ग नै मुक्ति पथ हो भन्दै प्रष्ट पारे ।

कार्यक्रममा महात्मा सर्जन सिंह जी , नवराज आउजी , गुमान सिंह जी , कृष्ण बहादुर खड्का जी , मोहन सिंह जी , सुरज जी , लाल सिंह जी , दिपक जी , लक्ष्मी बिश्वकर्मा जी , सुभाष सिंह जी , जी , नन्दा देवि जि , सेवादल संचालक बिशन जी , मिना देवी एवं साथीहरू , पुनम सपना , प्रेम सोनी जी विवेक एवं साथीहरू गितकार योगेश जी लगायतका व्यक्तित्व हरुले मुक्ति पर्वका बारेमा भक्ति रचना , प्रवचन तथा कविता प्रस्तुत गरेका थिए ।

dirghayi clinic

सितल क्षेत्री जी ले संचालन गरेको कार्यक्रम मा दोधारा चादनी नपा , भिमदत्त नपाका विभिन्न वडा , सुक्लाफाटा , बेदकोट , कृष्णपुर लगायतका ठाउ बाट ४०० सय भन्दा बढी संत परिवार को सहभागिता थियो ।

कार्यक्रम को पुर्व सन्ध्या मा सन्त निरंकारी सत्सङ भवन भिनपा ६ महेन्द्रनगर सेवादल युनिट न. ८३७ का सेवादल ( स्वयंसेवक ) भाइबहिनी हरुले भवन परिसर एवं भवन नजिक मुलनहर सरसफाइ गर्नुका साथै वृक्षारोपण समेत गरिएको थियो । कार्यक्रम को समापन पश्चात् लङ्गर ( भण्डारा) को व्यवस्था गरिएको थियो ।

   

Himal dental
सम्बन्धित
Loading...