ghar sansar

बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम

khasi

महेन्द्रनगर । बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ ।

dirghayi clinic

बेलौरी नगरपालिका कार्यालयको सहयोगमा महाकाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा क्याम्पसका पदाधिकारी, प्राध्यापक, विद्यार्थी,पालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी, समाजसेवी तथा युवाहरूले रक्तदान गरेको स्ववियु सभापति नीरज भण्डारीले जानकारी दिए ।

ratnam

कार्यक्रममा ३९ पिन्ट रगत सङ्कलन भएको छ । सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धनगढी कैलालीको जिम्मा लगाइएको स्ववियु उपसभापति महेन्द्र सिंह भाटले जानकारी दिए ।

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा समय समयमा रक्तदान कार्यक्रम हुने गरेको र यस्ता कार्यहरूलाई निरन्तरता दिइने क्याम्पस प्रमुख धर्मराज जोशीको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...