

महेन्द्रनगर । कञ्चनपुरमा जीवनका लागि गीता अभियानको संयोजन समिति गठन गरिएको छ । बासुदेव भट्टको संयोजकत्वमा गठित संयोजन समितिमा नरेन्द्र कलौनी सह संयोजक चयन भएका छन् । समितिको सल्लाहकारमा बीर बहादुर चन्द , दीर्घ बहादुर चन्द र गंगा दत्त जोशी छन् ।


कञ्चनपुर जीवनका लागि गीता अभियान जिल्ला संयोजन समिति गठन गर्ने सुदूरश्चिममैं पहिलो जिल्ला भएको छ । सुदूरपश्चिम प्रदेश संयोजन समितिका संयोजक सुरेन्द्र ओझाको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला संयोजन समिति घोषणा कार्यक्रममा प्रजापती ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, महेन्द्रनगर शाखा प्रमुख महिमा दिदी प्रमुख अतिथि थिइन् । उनले मुख्य वक्ताका रूपमा जीवनका लागि गीता विषयमा चर्चा गरेकी थिइन् ।
सुदूरपश्चिम संयोजन समितिका सल्लाहकार आचार्य घनश्याम लेखकले अभियानको उद्देश्यका बारेमा चर्चा गरे । कार्यक्रममा सुरज कुमार पन्त , मदन चन्द , राजु खड्का, गंगा दत्त जोशी ,दीर्घ बहादुर चन्द र वीर वहादुर चन्दले शुभकामना मन्तव्य राखेका थिए ।
