

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरमा शुक्रबार उदयदेव माध्यमिक विद्यालयमा आगलागीबाट हुने जोखिम तथा क्षतिलाई के–कसरी न्युनिकरण तथा सुरक्षित हुने भन्ने बारेमा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

सुन्दरपुर खेलकुद विकास संस्थाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्राविधिक सहयोग फायर प्रिवेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्रा.लि. काठमाडौंले गरेको थियो ।
आगो नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम संस्थाका अध्यक्ष विरेन्द्र विष्टको अध्यक्षता सम्पन्न भएको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक वहादुर विष्ट थिए ।
कार्यक्रममा शिक्षक, विद्यार्थि, जनप्रतिनिधि, स्थानिय सहभागी भएका छन ।
