
महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ मझगाउँस्थित रत्न टोलमा रामजानकी मन्दिर संरक्षण समितिले निर्माण भईरहेको श्री राम जानकी मन्दिर निर्माणका लागि जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य वसन्तपुरका मोहन महताले ५ हहजार सहयोग गरेका छन् ।
महताले मन्दिर संरक्षण समितिका अध्यक्ष पूर्व एआईजि दिपेन्द्र बहादुर बिष्टलाई मंगलबार ५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह बिष्ट लगायतका सहभागी भए । रामजानकी मन्दिर संग संगै समुदायका लागि सामुदायिक सभाहल, जेष्ठनागरिक विश्राम स्थल, बाल उद्यान लगाएतका भौतिक संरचना निर्माण गरिने छ ।
रामजानकी मन्दिर निर्माण स्थलको लागि करिब ६ कठ्ठा जग्गा पूर्व एआईजि बिष्ट र पूर्व जर्नेल शमशेर ठकुराठीले संयुक्त रुपमा श्रीरामजानकि मन्दिर संरक्षण समितलाई सहयोग स्वरुप दान गरेको समाजसेवी राजेन्द्र बहादुर चन्दले बताए ।
