

महेन्द्रनगर । प्रहरीले ५० हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

दोधारा चाँदनी नगरपलिका–१ पक्की पुल, भीमदत्त नगरपलिका–९ तुमणानी र पुनर्वास नगरपलिका–११ डोके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५० हजार ५० मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिडि, कुरकुरे, बिस्कुट, कापी ,प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

