ghar sansar

भीम रावललाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले दियो चेतावनी

khasi

महेन्द्रनगर । नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भिम रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ ।

सोमबार प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एक प्रेस बिग्य्पती जारी गर्दै यस्तो चेतावनी दिएको छ ।

ratnam
dirghayi clinic

यस्तो छ प्रेस विज्ञप्ति : 

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्जले सञ्चार माध्यममा बोलेको कुराको खण्डन गर्ने नाममा नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल नखानेगरी अनावश्क रुपमा सामाजिक सञ्जालमा अन्तरविरोध चर्काउने गरी लेखिएको विषय प्रति नेकपा (एमाले) सुदूरपपश्चिम असहमति प्रकट गर्दछ । पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक सम्बाद भैसकेपछि निरन्तरता दिनु पर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालमा लेखीरहने प्रवृति पार्टीका लागि घातक हुने भएकोले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु । पार्टी तथा विभिन्न मोर्चामा ५ दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्र वकालत गर्न समेत आग्रह गर्दै यस्तै गतिविधि बढ्दै गए तपाई प्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु । साथै सम्पूर्ण पार्टी पंक्ति एकतावद्ध हुन तथा भ्रममा नपर्न अपील गर्दछु ।

कृष्ण प्रसाद जैशी
अध्यक्ष

Himal dental
सम्बन्धित
Loading...