

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगर कमिटीका अध्यक्ष हिमाल चन्दले भीनपा १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा झकासको कार्यशैलीको प्रशंसा गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा उनले रवाफ हैन जवाफ भेटाए भन्ने शीर्षक दिएर बोहराको कार्यशैली प्रशंसा गरी आफ्नो धारणा व्यक्त गरेका हुन् ।


बोहरा २०७९ को स्थानीय तह निर्वाचनबाट स्वतन्त्र चुनाव लडेर वडा अध्यक्ष निर्वाचित भएका हुन् । एमाले नगर अध्यक्ष चन्द भीनपाका निवर्तमान नगर प्रवक्ता हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं. १७ को वडा अध्यक्ष निर्वाचत भएका थिए ।
नगर अध्यक्ष चन्दले बोहराले कार्यालयमा तडकभडक भन्दा जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न ध्यान दिएको भन्दै प्रशंसा गरेका छन् ।
नगर अध्यक्ष चन्दले भनेका छन्
रवाफ हैन जवाफ भेटाए

सबै तिरको मनोभावना बुझ्दै जादा वडा सरकार भनेको चिटिक्क परेको कार्यकक्ष महंगा सोफा एसि जडित चेम्बर बर्ष दिनपछि रंगरोगन गरेको कार्यालय टेवल भुईतलामा एसि संगै सिलिङ पंखा कुलर पनि छेउमै हुनुपर्ने ठूलो कुर्सी र टेवल हुनु पर्ने अनिमात्र सरकार भए जस्तो लोक प्रियवाद को मनोदशा ले गाजेको देखे तर हाम्रो नगरपालिका को वडा न १३ मा भने २०७४ साल को स्थानिय तहको निर्वाचन वाट निर्वाचित वडा समितिले किनेको कार्यालयका फर्निचर सोफा टेवल कुर्सी लगायत सबै समान हरु उनै भेटीए भीमदत्त नगरपालिका वडा न १३ को कार्यालयमा, तडग भडक भन्दा पनि जनसेवाको भावना देखियो १३ न वडा समितिमा कार्यालय श्रीङ्गारमा अनावश्यक खर्च कटाएर विकास निर्माण र जनताका भावनाहरु संग जोडिएको वडा समिति निर्वाचनका झण्डै ३ वर्ष पछि वडा कार्यालयमा जादा भेटेको थिए । यो मैले थपेर लेखेको होईन कार्यालयमा जादा देखेको कुरा हो ।
