ghar sansar

एमालेले कार्तिक १५ गतेभित्रै भीनपा ६ को वडा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाउने

khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले कार्तिक १५ गतेभित्र भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने भएको छ । एमाले केन्द्रीय कमिटीले जिल्ला कमिटीलाई पठाएको विशेष सर्कुलर अनुसार वडा अध्यक्षका उम्मेदवार टुङ्गो लगाउने भएको हो । एमाले जिल्ला कमिटीले केही दिनभित्र नगर कमिटीलाई उम्मेदवार चयन प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ ।

एमाले केन्द्रीय कमिटीले वडा अध्यक्षका लागि एक महिला सहित तीन जना आकाँक्षीको नाम चयन गरी उम्मेदवार टुङ्गो लगाउन जिल्ला कमिटीलाई विशेष सर्कुलर गरेको छ । त्यस अनुसार नगर कमिटीलाई निर्देशन गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाउन लागिएको हो ।

ratnam

निर्वाचन आयोगले मंसिर १६ गते भीनपा ६ का उप निर्वाचन गर्न लागेको हो । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्का गत वर्ष निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । २०७९ को निर्वाचनमा एमाले वडा अध्यक्ष पराजित भएको थियो ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले पार्टी केन्द्रीय कमिटीको सर्कुलर अनुसार उप उप निर्वाचनका लागि उम्मेदवार चयन गरिने बताए ।

dirghayi clinic

‘केन्द्रीय कमिटीको सर्कmुलर अनुसार उम्मेदवार चयन प्रक्रिया अघि बढाउँछौ’ सचिव भट्टले भने,‘त्यसका लागि आज छलफल गरी अघि बढ्ने सोच बनाएका छौ ।’ नगर कमिटीले वडा कमिटीलाई निर्देशन दिएपछि वडाबाट तीन जना आकाँक्षी नगरमा सिफारिश हुने छन् । नगरले राय सहित जिल्ला कमिटीमा पठाएपछि जिल्लाले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने भएको हो ।

उप निर्वाचनलाई एमाले भीनपा ६ मा गुमेको विरासत फर्काउने अवसरका रुपमा लिने गरी अघि बढ्ने मनस्थितिमा छ । २०४९ देखि निरन्तर जित्दै आएको ६ नम्बरलाई एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा गुमाएको थियो । एमालेले २०४९, २०५४ र २०७४ मा ६ नम्बरमा क्लिन स्वीप गरेको थियो । ६ नम्बरलाई एमालेको लाल किल्ला भन्ने गरिएको थियो ।

काँगे्रसका स्वर्गिय युवा नेता खड्काले पहिलो पटक ६ नम्बरमा एमाले विरासत ढालेका थिए । उनको गत वर्ष पुसमा निधन भएको थियो । काँग्रेसले वडा अध्यक्ष सहित सबै सदस्य जितेको थियो । वडा अध्यक्ष खड्काको निधनपछि वडा सदस्य देबकी जोशी कार्यवाहक वडा अध्यक्ष छन् ।

एमालेमा वडा अध्यक्षको उम्मेदवारका लागि अनौपचारिक रुपमा छलफल गरिए पनि नेताहरु औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन् । एमाले उप निर्वाचनबाट आफ्नो पक्षमा नतिजा पार्ने रणनीति लिएर अघि बढ्ने सोचमा छ ।

एमाले कञ्चनपुरका सचिव भट्टले उप निर्वाचन जित्ने गरी उम्मेदवार चयन गरिने बताए । ‘उप निर्वाचन घोषणा भई सकेको छ, यो उप निर्वाचन जित्ने गरी उम्मेदवार चयन गर्छौ’ सचिव भट्टले भने ।

Himal dental
सम्बन्धित
Loading...