ghar sansar

अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृहमन्त्री लेखकको चासो

khasi

महेन्द्रनगर । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा लामिछानेले दिएका अभिव्यक्तिका विषयमा गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्। आइतबार लामिछानेले अदालतमा उपस्थित हुँदा पत्रकारहरूसँग आफ्नो भनाइ राखेका थिए ।

dirghayi clinic

अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृहमन्त्रीले चासो राखेका हुन् । यस विषयमा गृह मन्त्रालयअन्तर्गत निकायका प्रमुखहरूसँग गृहमन्त्री लेखकले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।

ratnam

लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान गर्न पक्राउ गरी पोखरा लगिएको थियो। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उक्त म्याद बुधबार सकिनेछ भने आवश्यक रहे बिहीबार पुनः अदालतमा उपस्थित गराउन सक्नेछ ।

लामिछानेले अदालत परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै केपी ओली नेतृत्वको सरकारविरूद्ध देशैभरिबाट उत्रन आह्वान गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...