ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा सुरु, मन्त्री भण्डारीले गरे उद्घाटन

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा सुरु भएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साधारण सभा उद्घाटन गरे । उनले निजी क्षेत्रसित सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, सुुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल, नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशी, कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुँबर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल, व्यापार तथा प्रवद्र्धन निकासी केन्द्रका कार्यकारी निर्देशक डा. शरद बिक्रम राणा, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद भट्ट, नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सह महामन्त्री पूर्ण बहादुर चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।

dirghayi clinic

संघका अध्यक्ष पिताम्बर जोशीले अध्यक्षता गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष, प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दलका नेता सहभागी भएका छन् ।

संघका अध्यक्ष जोशीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरे । संघका अध्यक्ष महासचिव खगेश्वर बोहराले कार्यक्रम सञ्चालन गरे ।

साधारण सभाको बन्द सत्रमा विभिन्न प्रतिवदेनमा छलफल र आगमी वर्षको योजना बनाइने भएको छ ।

Himal dental
सम्बन्धित
Loading...