

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय भर्ती केन्द्र बनेको भन्दै असन्तुष्टि पोखेका छन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिकोत्सव उद्घाटन समारोहमा उनले विश्वविद्यालयका साढु भाईका छोरा, नाति, नातिनी भर्ती गर्ने केन्द्र बनेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

विश्वविद्यालयले विद्यार्थीलाई विदेश पठाउन नहुने उल्लेख गर्दै उनले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत उनीहरुलाई अध्ययनका लागि सुदूरपश्चिमका पहाड पर्ने बताए ।

निवर्तमान मुख्यमन्त्री रावलले तत्कालिन महाकाली यातायात व्यवसायी समिति टुक्राटुक्रा पारिएकोमा समेत चिन्ता व्यक्त गरे ।
‘सबैभन्दा पुरानो यातायात समिति थियो, महाकाली समितिलाई अहिले टुक्रा टुक्रा पारिएको छ’ उनले भने ।
औद्योगिक क्षेत्र घोषणा गरेर मात्रै नहुने उल्लेख गर्दैै उनले उद्योगधन्दा सञ्चालनका लागि अनुदान (सब्सिडी) चाहिनेमा जोड दिए ।
सुदूरपश्चिममा फोस्फरस लगायतका विभिन्न खनिज पदार्थका खानी भएकाले उत्खनन गरी सञ्चालन गरिनु पर्ने रावलको जोड थियो ।
निवर्तमान मुख्यमन्त्री रावलले सहकारी ठगी अनुसन्धानतर्फ संकेत गर्दै अपराधी र चोरहरु सडकमा आएको भन्दै आक्रोश पोखे ।
