

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मदन चोकमा बनाउन लागेको २२ सटर निर्माण विरुद्ध मेयर पदम बोगटीको कार्यकर्ता पनि प्रतिपक्षी दलका कार्यकर्तासंगै विरोधमा उत्रिएका छन् ।
काँग्रेसको संस्थापन इतर समूहको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डित प्रतिपक्षी दलको सटर निर्माण अभियान विरोधी अभियानमा सहभागी भएको छ ।

नगर विकास समितिमो मापदण्ड मिचेर सटर बनाउन नहुने भन्दै नेकपा माओवादी केन्द्र सहितका प्रतिपक्ष दल विरोधमा उत्रिएका छन् ।
एडीबीको सडक विस्तारका क्रममा मदनचोकमा २२ सटर हटाएपछि बचेको जग्गामा नगरपालिकाले सटर बनाउने प्रक्रिया अघि बढाएपछि प्रतिपक्षी दलका युवा विद्यार्थी विरोधमा लागेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, राप्रपा, रास्वपा सहित विपक्षी दलका विरोधमा छन् । उनीहरुले पालिका र प्रशासनमा सटर निर्माण विरुद्ध ज्ञापन बुझाएका छन् ।

मदनचोकको सटर निर्माण स्थलमा वृक्षारोपण गरेका उनीहरु आइतबारदेखि भीमदत्त नगरपालिकामा धर्नामा बसेका छन् ।
नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले आफुहरु गलतका विरुद्धमा पार्टी सरकारमा भए पनि नभए पनि खबरदारी गर्ने बताए ।
नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले स्थानीय सरकारको गैर कानुनी कामकाज बिरुद्धमा निरन्तर आन्दोलन गर्ने बताए । ‘त्यो ठाँउमा यस अघि निर्माण भएका सटर सडकमै थिए, सडक विस्तार गर्दा हटाईएका हुन, ‘उनले भने, ‘अब फेरी सडक मिचेर किन सटर बनाउनुप¥यो ।’
माओवादी केन्द्र कञ्चनपुरका युवा नेता चन्द्रकान्त भट्ट(सिके)ले स्थानीय सरकार सहित केही माफिया दलाल बिरुद्धमा युवा विद्यार्थीबाट छेडिएको आन्दोलन नरोकिने बताए ।
‘यहाँ केही व्यक्तिले पालिकामा सेटिङ्ग गरेर २२सटर बनाउन खोजिरहेका छन, यस अघि बनेका मञ्च क्षेत्रमा सटरमा पनि दलाल देखियो, अब यो नहटाउँदासम्म आन्दोलन रोकिदैन ।’ उनले गरिखाने बर्गबाट तेब्बर चौबल भाडा अशुलेर पालिकामा थोरै भाडा बुझाउने घटनाको समेत छानबिन गर्नुपर्ने बताए ।
एकीकृत समाजवादी कञ्चनपुरका युवा रमेश पन्तले महेन्द्रनगर बजारको सौन्र्दयता बिगार्ने बिरुद्धमा समाजवादी सहितका युवा विद्यार्थी संघर्षमा रहेको बताए ।
भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले यस अघि उक्त स्थानमा भएका सटर सडक विस्तारका लागि हटाएको र अहिले त्यस विषयमा पालिकाले कानुनीदेखिका सबै विषय अध्ययन गरिरहेको बताए ।
