ghar sansar

एमालेले टिकट नदिएपछि माओवादी केन्द्रमै फर्किए आग्री, माओवादीले चुनाव लडाउने सम्भावना

khasi

महेन्द्रनगर । एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री नेकपा माओवादी केन्द्र फर्किएका छन् । तत्कालिन नेकपा विघटनपछि एमाले बसेका उनी मंगलबार माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

एमालेको नवौ जिल्ला अधिवेशनबाट सदस्य भएका उनी भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते उप निर्वाचनका आकाँक्षी थिए । उनीसंगै कमल नेपाली र महिला नेतृ सुजनता नेपाली माओवादी केन्द्र फर्किएका छन् । उनी आठौं अधिवेशनबाट पनि जिल्ला सदस्य भएका थिए ।

dirghayi clinic

एमाले छाडेपछि एमाले नेतात्रय राजेन्द्र कमल, सुजाताले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा दलित, विपन्न समुदायको उन्मुक्ति माओवादी आन्दोलनबाट मात्रै सम्भव भएकाले आजैका मितिदेखि एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेका छन् ।

एमालेको भीमदत्त नगरपालिका ६ नम्बर वडा कमिटीबाट आग्री र बहादुर चन्द उम्मेदवारका लागि सिफारिश गरिएका थिए । भीमदत्त नगर कमिटीले दुई आकाँक्षीबीच सहमति गरी चन्दलाई उम्मेदवार बनाएको छ ।

चन्दलाई उम्मेदवार बनाएपछि माओवादी नेताहरुले आग्रीसित निरन्तर छलफल गरेका थिए । माओवादी केन्द्रले आग्रीलाई उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराएको नेताहरुले बताए ।

Himal dental
सम्बन्धित
Loading...