

महेन्द्रनगर । एमालेका युवा नेता एबम् भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद देबकोटाले भीनपा ६ को उप निर्वाचन एमाले उम्मेदवार बहादुर चन्दलाई विजयी गराउन मतदाहरुमा आग्रह गरेका छन् ।
ऐठपुरस्थित एमालेको चुनाव सम्पर्क कार्यालयमा पुगेर नेता देबकोटाले चन्दलाई अध्यक्षमा निर्वाचित गर्न भीनपा ६ का सबै मतदाताहरुमा आग्रह गरेका हुन् ।

भीनपा ६ मा मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो । एमालेबाट शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बहादुर चन्द उम्मेदवार छन् ।

‘२०८१ मङ्सिर १६ को उप निर्वाचनमा सूर्य ध्वजा बाहक उम्मेदवार कमरेड बहादुर चन्दज्यूलाई सूर्य चिन्हमा मतदान गर्न हुन सम्पूर्ण भीमदत्त नपा वडा नं. ६ का मतदाताज्यूहरुमा हार्दिक अनुरोध’ सामाजिक सञ्जाल फेसबुकमा देवकोटाले उल्लेख गरेका छन् ।
एमाले जिल्ला कमिटी सदस्य देवकोटा २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा १८ को वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
भीनपा ६ को उप निर्वाचनबाट २०७९ मा गुमेको विरासत फर्काउने एमाले लक्ष्य छ । एमालेले २०४९ देखि जित्दै आएको ६ नम्बर २०७९ मा गुमेको थियो ।
काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको गत वर्ष निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।
