ghar sansar

एमाले छाडेर माओवादी केन्द्र फर्किएका आग्री फेरि एमालेमै फर्किए, विज्ञप्ति सार्वजनिक गर्दै भने– मैले पार्टी छोडेको छैन, म कुनै पनि पार्टी प्रवेश गरेका छैन

khasi

महेन्द्रनगर । एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र फर्किएका एमाले जिल्ला कमिटी सदस्य राजेन्द्र आग्री फेरि एमाले फर्किएका छन् । मंगलबार माओवादी केन्द्र प्रवेश गरेका उनी बुधबार विहान फेरि एमाले फर्किएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्माले जिल्ला कमिटी सदस्य आग्री एमाले फर्किएको जानकारी दिएका हुन् ।

ेआफूलाई झुक्याएर माअ‍ोवादी केन्द्र प्रवेश गराएको भन्दै उनी एमाले फर्किएको उप सचिव विश्वकर्माले बताए । नेता आग्रीले एमाले फर्किएको विज्ञप्ति माफर्त सार्वजनिक गरेका छन् ।

dirghayi clinic

बुधबार विहान नेता विश्वकर्मा सहित प्रदेश कमिटी सदस्य मोहन सिह रावल, लक्ष्मी बिक, एमाले भीनपा ६ का वडा अध्यक्षका उम्मेदवार बहादुर चन्द, एमालेको भीनपा ६ का पूर्व वडा कमिटी अध्यक्ष लक्ष्मी भट्ट लगायतका नेता र आग्रीबीच छलफल भएको थियो ।

नेता आग्रीले सार्वजनिक विज्ञप्तिमा आफूले पार्टी नछाडेको र सञ्चार माध्यमहरुमा पार्टी छाडेको सामाचार सार्वजनिक भएको उल्लेख गरेका छन् ।

एमाले उम्मेदवार चन्दलाई आफूले उम्मेदवारीमा खुसीसाथ समर्थन दिएको र उप निर्वाचनमा चन्दलाई जिताउन सबै मतादातामा आग्रह गरेका छन् । भीनपा ६ मा मंसिर १६ गते हुने उप निर्वाचनमा आग्री वडा अध्यक्ष उम्मेदवारका आकाँक्षी थिए ।

Himal dental
सम्बन्धित
Loading...