

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ६ जना उम्मेदवारका आकाँक्षीको नाम सिफारिश गरेको छ । माओवादी केन्द्रको वडा कमिटीले आकाँक्षीको नाम नगर कमिटीमा सिफारिश गरेको हो ।

माओवादी केन्द्रका नेता शंकर कुँबरले वडा कमिटीले ६ जना उम्मेदवारको नाम नगर कमिटीमा सिफारिश गरिएको जानकारी दिए ।
वडा अध्यक्षका उम्मेदवारका लागि नानाराम कोली, मोहन सिह धामी, अम्बादत्त भट्ट, तिलक सिह ठगुन्ना, जगत नेपाली र कपिल भट्टको नाम सिफारिश गरिएको छ ।

उनीहरुमध्ये अम्बादत्त भट्ट २०७९ को स्थानीय तह निर्वाचन लडेका थिए ।
