ghar sansar

भीनपा ६ मा उप निर्वाचन प्रचारप्रसारका लागि काँग्रेसको १०१ सदस्यीय प्रचारप्रसार समिति गठन

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसले भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचन प्रचारप्रसारका लागि प्रचार प्रसार समिति गठन गरेको छ ।

dirghayi clinic

काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकले १ सय १ सदस्यीय प्रचार प्रसार समिसित गठन गरेको भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले जानकारी दिएकी छन् ।

काँग्रेसबाट भीमदत्त नगरपालिका ६ को उम्मेदवारमा वडा सभापति प्रकाश चन्द छन् । उम्मेदवार चन्द सहित नेताहरु बैठकमा सहभागी भएका छन् ।

भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो ।

Himal dental
सम्बन्धित
Loading...