ghar sansar

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

पूर्व मुख्यमन्त्री रावलले साधारण सभा उद्घाटन गर्दै गलत नियत भएका व्यक्तिको घुसपैठले सहकारी संस्था बदनाम भई रहेकाले सचेत हुन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा विशिष्ठ अतिथि थिए । सहकारी संस्थाका अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ ।

उद्घाटन सत्र सकिएपछि बन्द सत्रबाट अध्यक्ष, कोषाध्यक्ष, लेखा समितिको प्रतिवेदन र आगामी वर्षको बजेट र कार्यक्रम पारित गरिएको छ ।

सहकारीका सचिव हर्क बहादुर चन्दले सञ्चालन गरेको उद्घाटन सत्रमा उपाध्यक्ष लक्ष्मीदत्त भट्टले स्वागत मन्तव्य राखे । उद्घाटन कार्यक्रममा सिद्धनाथ अमर माध्यमिक विद्यालयका विद्यार्थीले स्वागत गीत प्रस्तुत गरे ।

संस्थाका अध्यक्ष बहादुर चन्दले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षण पेशाबाट सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ ।

उनीहरुमा मोहनदत्त भट्ट, हंशराज शर्मा, हिरा रावल, नर बहादुर चन्द, गोबिन्द बडु, बलदेब विष्ट, गोमती भट्ट, केशव नाथ योगी लगायतका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावलले उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

साधारण सभामा असल बचतकर्ता र अशल ऋणीलाई पनि सम्मान गरिएको छ । असल बचतकर्तामा हासा फराल धामी र लक्ष्मण गिरी तथा असल ऋणीमा गीता बम र जनकराज जोशीलाई सम्मान गरिएको छ ।

dirghayi clinic

उनीहरुलाई सुदूरपश्चिम सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बीर बहादुर थापाले सम्मान गरे । सहकारीले एक लाख शेयर रकम पुगाउने सदस्यलाई कार्यक्रममा सम्मान गरेको छ ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीले उनीहरुलाई सम्मान प्रदान गरे । सम्मानित हुनेमा लक्ष्मी जोशी, ललिता धामी विष्ट, रमेश प्रसाद जोशी, कल्पना पन्त, जानकी विष्ट, गोरख विष्ट, मान बहादुर धामी र क्रान्ति पन्त भट्ट छन् ।

सहकारीले २०८० सालको एसईई परीक्षमा उत्कृष्ठ नतिजा ल्याउने दुई जना शेयर सदस्यका छोरा छोरीलाई नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा सिद्धनाथ माध्यमिक विद्यालय गड्डाचौकीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । सिद्धनाथ माविका सहायक प्रधानाध्यापक अन्जु उपाध्ययले प्रशंसा पत्र ग्रहण गरिन् ।

सहकारीका पूर्व अध्यक्ष जगदीश प्रसाद जोशी, पेशागत महासंघ नेपालका पूर्व केन्द्रीय महासचिव हरिश प्रसाद जोशी, सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मदन सिह क्षेत्री, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष बेदप्रकाश उपाध्यय,समाज कल्याण अञ्चल बाल अनाथालयका उपाध्यक्ष डा.हिरा चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा २०६९ मा ३२ जना शिक्षकले स्थापना गरेको सहकारीमा हाल ६ सय ११ शेयर सदस्य पुगेका छन् । सहकारीले वार्षिक ६ करोडको कारोबार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एक करोड ५८ लाख शेयर पूँजी भएको सहकारीले हालसम्म ४ करोड १४ लाख ऋण लगानी र ४ करोड ४० लाख निक्षेप संकलन गरेको छ ।

सहकारीले चालु आर्थिक वर्षमा शेयर सदस्य ६ सय ४६ जना पुगाउने लक्ष्य राखेको छ। सहकारीले साधारण सभाबाट अनिवार्य अवकाश भएका ज्येष्ठ सदस्यलाई वार्षिक रुपमा एक हजार सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

   

Himal dental
सम्बन्धित
Loading...