ghar sansar

काँग्रेस क्षेत्रीय प्रतिनिधि निरञ्जन प्रसाद भट्ट काँग्रेस कञ्चनपुरको जिल्ला समिति सदस्य मनोनित

khasi

महेन्द्रनगर । काँग्रेस क्षेत्रीय प्रतिनिधि निरञ्जन प्रसाद भट्ट काँग्रेस कञ्चनपुरको जिल्ला समिति सदस्य मनोयन गरिएका छन् । काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले भट्टलाई जिल्ला सदस्य मनोनित गरेको हो ।

काँग्रेस जिल्ला सभापति पदम बोगटीले भट्टलाई जिल्ला समिति सदस्य मनोनयन गरिएको जानकारी पत्र दिएका छन् । काँग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार भट्टलाई जिल्ला कार्य समितिमा मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

भीमदत्त नगरपालिका १५ का भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष हुन् । उनी गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समिति र जगन्नाथ रामलिला समितिका अध्यक्ष छन् ।

dirghayi clinic

समितिले असोज अन्तिम सातादेखि १४ दिनसम्म गोबरैयामा रामलिला आयोजना गरेको थियो । भट्ट परिवार पुख्र्यौली रुपमा निर्माण व्यवसामा छन् ।

काँग्रेस जिल्ला सदस्य मनोनित उनले व्यवस्थापनमा स्नात्तक गरेका छन् । भट्टका स्वर्गिय बाजे राधाकृण भट्टको पालादेखि भट्ट परिवार निर्माण लागेको छ । उनका बुवा टिकाराम भट्टले निरन्तरता दिएका छन् ।

भट्टका तीन दाई भाई छन् । उनी प्रष्ट वक्ता, हक्की र मिलनसार स्वभावका छन् । भट्ट निर्माण व्यवसायसंगै राजनीति, समाज सेवा, शैक्षिक र सहकारी क्षेत्रमा सक्रिय छन् ।

उनी सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो उदयबदेब बहुउद्देश्यीय सहकारी संस्थामा उपाध्यक्ष छन् । उनी निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज लगायतका संस्थाका पनि आवद्ध छन् ।

Himal dental
सम्बन्धित
Loading...