

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशभित्र ६ वटा पद रिक्त छन् । रिक्त पदमा मंसिर १६ गते उप निर्वाचन हुन लागेको छ । रिक्त पदमा उम्मेदवार चयनदेखि राजनीतिक दलहरुले चुनावी प्रचारलाई पनि सँगसँगै अघि बढाएका छन् ।
जिल्ला समन्वय समिति कैलालीमा प्रमुखको पद रिक्त छ भने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ । बाँकी चार पद वडाअध्यक्षका रिक्त छन् । रिक्त सबै पदका लागि उप निर्वाचन हुन लागेको हो । रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन अधिकृतहरु खटिएका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरिसकेको छ ।
उपनिर्वाचनको लागि बझाङमा सुदर्शन लामिछाने, बाजुरामा संजिव पोखरेल, डोटीमा रुद्रमणी गिरी, दार्चुलामा पुष्पराज पाण्डे र कञ्चनपुरमा लिलाराज अधिकारीलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहूँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडाअध्यक्षको लागि उपनिर्वाचन हुँदैछ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भने उपाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यता कैलाली जिल्ला समन्वय समिति प्रमुखको पद पनि रिक्त छ । १३ स्थानीय तह रहेको कैलालीमा जिससमा कुल मतभार २६ छ ।
कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ ।
स्थानीय तह उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूले तयारी थालेका छन् । जनप्रतिनिधिहरूको निधनपछि सुदूरपश्चिममा ६ पदका लागि उप निर्वाचन हुन लागेको हो ।
राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरु करिबकरिब टुङ्ग्याइसकेका छन् । सँगै घरदैलो कार्यक्रमलाई पनि अगाडि बढाइसकेका छन् । सत्तारुढ दल नेकपा एमाले र कांग्रेस आफ्नो पक्षमा माहौल तयार पार्नमा जुटेका छन् ।
