

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका नानाराम कोलीले भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।


माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लोकेन्द्र लम्साल, केन्द्रीय सदस्य माया नेगी, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री मान बहादुर सुनार, माओवादी केन्द्रका भीमदत्त नगर अध्यक्ष अशोक कुमार चन्द, माओवादी केन्द्रका नेताहरु लोकराज जोशी, देबेन्द्र ढुङ्गाना, दिपक साउँद, दशरथ भण्डारी, चन्द्रकान्त भट्ट, विरेन्द्रराज विष्ट लगायतका नेताहरु उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।
