

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीले भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा हरिश डगौरालाई उम्मेदवार बनाएको छ । उन्मक्तिले वडा अध्यक्षमा डगौराको उम्मेदवारको मनोनयन दर्ता गराएको हो ।

उन्मुक्तिले पहिलो पटक भीमदत्त नगरपालिका ६ मा चुनाव लड्न लागेको हो । उन्मुक्ति पार्टी २०७९ मा पहिलो पटक चुनाव प्रतिस्पर्धामा सहभागी भएको थियो ।
भीमदत्त नगरपालिका ६ को वडा कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरी बाहिर निस्केपछि उन्मुक्ति नेता कार्यकर्ताहरु नाचगान गरे । उम्मेदवार डगौरा आफैं नाचे ।
नाचगान भएपछि उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका अन्य दलका नेता कार्यकर्ताहरु समेत नाचगान हेरे । उन्मुक्तिका नेताहरु पे्रेमवती राना लगायत उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगे ।
