ghar sansar

महाकाली बहुप्राविधिक शिक्षालयमा रक्तदान कार्यक्रम

khasi

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयको ल्याब र फार्मेसी तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेका छन् । भीमदत्त नगरपालीकाका नगर प्रमुख एबम् शिक्षालय सञ्चालक समिति सदस्य पदम बोगटीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप प्रमुख एबम् शिक्षालय सञ्चालक समिति उपाध्यक्ष निलम लेखक जोशी र शिक्षालयका निर्देशक परमल सिहं साउँद विशिष्ट अतिथि थिए ।

dirghayi clinic

शिक्षालयमा अध्ययनरत विद्यार्थी ललित भट्ट, जगत सिंह ठगुन्ना, मुकेश सिहं महता, रोशन नाथ, निर्मल जोशी, विशाल कुँवर, पुष्प राज पाण्डेय, करिष्मा नाथ र लक्ष्मी बोहराले रक्तदान गरे ।

नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर शाखाका ल्याब ईन्चार्ज नरेन्द्र देव जोशीले सहजीकरण गरेको कार्यक्रम शिक्षालयका सूचना अधिकारि चुडामणी शर्माले सञ्चालन गरेका थिए ।

रक्तदान जीवनदान भन्ने मूल नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि पदम बोगटीले शिक्षालयको चौतर्र्फी विकासका लागि भीमदत्त नगरपालिकाबाट सदैव सहयोग गर्ने बताए ।

शिक्षालयका विद्यार्थीले रचनात्मक कार्य गर्ने क्रममा शनिबार सरसफाई कार्यक्रम गरेका थिए । आगामी दिनमा समेत यस्तै रचनात्मक कार्य गर्ने शिक्षालयका सूचना अधिकारि शर्माले जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...