ghar sansar

लालझाडीमा १३ किलोमिटर सडक कालोपत्रेका लागि समझदारी पत्रमा हस्ताक्षर

Amity

अशोक सार्की
महेन्द्रनगर । शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग प्रादेशिक स्थानीय सडक सुधार केन्द्रिय कार्यक्रम समन्वय इकाइले आयोजनामा “कार्यक्रमको शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर समारोह “ सम्पन्न भएको छ ।

बिहीबार काठमाडांैमा बिहीबार स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेको अध्यक्षता तथा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरपी) को शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर समारोहमा विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ ।

lotus institite

कार्यक्रममा विश्व वैंक को १००मिलियन र नेपाल सरकारको २८ मिलियन गरी कुल १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड नेपाली रुपैयाँ )बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरपी) कार्यान्वयनका लागि कार्यक्रममा तीन चरणको आयोजनामध्ये पहिलो चरणमा शहरी विकास मन्त्रालय अन्तरगत स्थानीय पूर्वाधार विभाग , प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालय र सुदूरपश्चिम, कर्णाली एवं मधेश प्रदेशका स्थानीय तह मध्य ११ वटा पालिकाहरुबीच त्रीपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जस अन्तर्गत कञ्चनपुर जिल्लाको लालझाडी गाँउपालिका पनि रहेको छ । यसैगरी कार्यक्रममा सुदूरपश्चिम, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल तथा लालझाडी गाउँपालिकाबाट पालिकाका अध्यक्ष निर्मल र प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको सहभागिता रहेको थियो ।

त्रिपक्षीय समझदारीपत्रमा लालझाडी गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले हस्ताक्षर पश्चात् उक्त समझदारीपत्रको एक प्रति पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

यस कार्यक्रम अन्तरगत लालझाडी गाउँपालिकाको केन्द्र जोड्ने वडा नं ६ को चानदेब देखि वडा नं २ को कञ्ज सम्मको १३.६ कि.मि. सडक कालोपत्रे गरिनेछ ।

आयोजनाका लागि हाल सुदूरपश्चिम, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) प्रतिवेदन स्वीकृत गराई ठेक्का आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको र पुष मसान्त सम्ममा सम्झौता भइ कार्यान्वयनमा लैजान तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए ।

Himal dental
सम्बन्धित
Loading...