ghar sansar

चुनाव जिते सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने एमाले उम्मेदवार चन्दको घोषणा

dirghayu ad

महेन्द्रनगर । एमाले उम्मेदवार बहादुर चन्दले वडा अध्यक्ष निर्वाचित भए आफूले पाउने सबै सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

भीमदत्त नगरपालिका ६ को चुनावी प्रचारका क्रममा आयोजना गरिएको कोण सभालाई सम्बोध गर्दै उनले सो घोषणा गरेका हुन् ।

ratnam malkhad

‘ जामुनको रुखमुनि विद्यार्थीलाई पढाउने पर्ने अवस्थामा मैले विद्यालयको जिम्मेवारी सम्हालेका थिए, त्यसरी जामुनको रुखमुनि पढाएर सुरुवात गरिएको विद्यालय अहिले कुन अवस्थामा छ, त्यो तपाई हामी सबैलाई जगजाहेर नै छ’ उनले भने,‘अहिले म तपाईहरुको सेवा गर्न फेरि घरदैलोमा आएको छु, मैले जिते मैले पाउने सुविधा यही वडाको विकास, सामाजिक कार्य, गरीब, दलित, कमजोर अवस्थाका वासिन्दाका लागि खर्च गर्ने छु ।’

एमाले उम्मेदवार शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक हुन् । विद्यालयलाई कक्षा १२ सम्म अध्यापन गराउने शैक्षिक संस्था बनाएर चन्द गत असारमा शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका हुन् ।

चुनावी प्रचारका क्रममा आयोजित अर्को कार्यक्रममा उनले आफू बाटोघाटो, विद्युत विस्तार, छाडा चौपाया, ढल निकास, डुबानको समस्या समाधान गर्ने बताए ।

‘मलाई यस पटक सेवा गर्ने अवसर दिनु होस, म तपाईहरुको भावना र चाहना अनुसार काम गर्नेछु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...