ghar sansar

भीमदत्त ६ उप निर्वाचन : चुनाव प्रचारको अन्तिम दिन काँग्रेसले निकाल्यो र्‍याली, एमालेले पनि र्‍याली निकाल्दै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचन प्रचारको अन्तिम दिन काँग्रेसले प्रचार रयली निकालेको छ । शान्ति निकेतन विद्यालय नजिक चुनाव सम्पर्क कार्यालयबाट सुरु भएको र्याली राजमार्ग हुँदै वडाका सबै वस्ती परिक्रमा गरेको छ ।

र्याली शिव मन्दिरमा सभा गरी समापन हुने छ । प्रचार र्यालीमा काँग्रेस केन्द्रीय सदस्यद्वय नृप ओड र सुशिला मिश्रा, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु बिक्रम धामी, बेल बहादुर राना, मधु भारती, काँग्रेस कञ्चनपुरका सभापति एबम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, काँग्रेस सुदूरपश्चिम सह महामन्त्री गोपाल भट्ट, काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्द, भीमदत्त नगर सभापति अच्युत प्रसाद कलौनी लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

काँग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रकाश चन्दले र्यालीमा सबै मतदातालाई मतदान गरी सहयोगको आग्रह गरेका छन् ।

काँग्रेस क्षेत्रीय सभापति केशब चन्दले शिव मन्दिरमा उम्मेदवार र नेताहरुको सम्बोधन सहितको कार्यक्रम गरी समापन गरिने जानकारी दिए ।

यसैबीच नेकपा एमालेले प्रचारको अन्तिम प्रचार र्याली निकाल्ने तयारी गरेको छ । एमाले शान्ति निकेतन माध्यमिक विद्यालय नजिक सम्पर्क कार्यालयबाट केही समयपछि र्याली सुरु गर्न लागेको हो । एमाले निर्वाचन परिचालन कमिटीका संयोजक जनकराज अवस्थीले राजमार्ग हुँदै रयाली सबै टोल टोल परिक्रमा गरी समापन गरिने जानकारी दिए ।

र्यालीमा सहभागी हुन एमालेका पोलिटब्युरो सदस्यद्वय राजेन्द्र सिह रावल, निरुदेबी पाल, केन्द्रीय सदस्य कृपाराम राना, एमाले केन्द्रीय सल्लहकार परिष्द सदस्य एबम् कञ्चनपुर क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सहित नेता कार्यालय सम्पर्क कार्यालय पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...