ghar sansar

भीनपा ६ मा काँग्रेस जित जोगाउन सक्छन् प्रकाश

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ उप निर्वाचनमा अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिने लक्ष्य लिएर काँग्रेस उम्मेदवार प्रकाश चन्द चुनावी मैदानमा छन् ।

काँग्रेसका वडा सभापति उनी नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका हुन् । २०७९ को निर्वाचनमा काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि आइतबार उप निर्वाचन हुन लागेको हो । उनी खड्काको जितलाई निरन्तरता दिने बताउँछन् ।

खड्काले पहिलो ६ नम्बर वडामा कम्युनिष्ट किल्ला भत्काएर जित हासिल गरेका हुन् । कार्यकाल पूरा गर्न नपाउँदै खड्काको गत वर्ष निधन भएको थियो ।

खड्काले छाडेको बाँकी कार्यकाल पूरा गर्न चन्द चुनावी मैदानमा आएका हुन् । चुनावी प्रचारमा उनले खड्काले अघि सारेका योजनालाई पूरा गर्ने बताएका छन् ।

‘महेन्द्र खड्काले अघि सारेका योजना पूरा गर्ने भिजन र मिसन लिएर चुनावी प्रतिस्पर्धामा छु’ उनले भने,‘मतदाताको उत्साह छ, चुनाव प्रचारमा साथ सहयोग पाएको छु, महेन्द्र खड्काको जितलाई निरन्तरता दिन्छु ।’

२०७४ मा पहिलो पटक वडा अध्यक्षका लागि आकाँक्षा राखेका उनी २०७९ मा टिकटका दाबेदार थिए । चन्दले दुई निर्वाचनपछि उप निर्वाचनमा टिकट पाएका हुन् । उनी पहिलो पटक चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिमा उनी नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिको चुनाव लडि सकेका छन् ।

dirghayi clinic

उम्मेदवार चन्दले आफ्नो सर्वसम्मत उम्मेदवारी सबै नेता कार्यकर्ताको परिचालनले आफू चुनाव जित्ने बताए ।

गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाको गृह वडा भएकाले पनि सबै नेता कार्यकर्ता एक ढिक्का भएर लागेको उनले बताए ।

काँग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष कृष्ण बहादुर कुँबर क्षेत्रीले चन्दको चुनाव प्रचारप्रसारको नेतृत्व गरेका छन् । प्रचारप्रसार समितिका संयोजक क्षेत्रीले चुनाव प्रचारमा जनताको आश र भरोसमा काँग्रेसलाई नै देखिएको बताए ।

भीमदत्त नगरपालिका र वडा नं. ६ को वडा नेतृत्व काँग्रेसको नै भएकाले उप निर्वाचनमा पनि जनताले काँग्रेसलाई साथ दिने क्षेत्रीको भनाई छ । ‘त्यस बाहेक हाम्रो उम्मेदवार युवा छन्, उम्मेदवारी निकै नै उपयुक्त छ’ उनले भने ।

गृह मन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र र सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाको वडा भएकाले पनि काँग्रेसले उप निर्वाचन जित्नै पर्ने उनले बताए ।

काँग्रेस उम्मेदवार चन्दका प्रतिस्पर्धी एमालेका बहादुर चन्द छन् । एमाले उम्मेदवार चन्द उनका काका हुन् । उनले चुनावमा आफूहरु काका भतिजा नभएर पार्टीगत रुपमा लडेको बताए ।

‘आ–आफ्नो पार्टीबाट चुनाव लडि रहेका छौ, चुनावमा काका भतिजाको कुरा छैन’ उनले भने,‘यहाँ पार्टी चुनाव लडि रहेका छन् ।’

Himal dental
सम्बन्धित
Loading...