ghar sansar

उप निर्वाचनमा मौन अवधि सुरु, भीमदत्त ६ मा चुनाव प्रचार बन्द

Amity

महेन्द्रनगर । आइतबार हुने  उपनिर्वाचनका लागि बिहीवार राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ । यो अवधिमा उपनिर्वाचनका कुनै पनि उम्मेदवारले चुनावी प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।

बिहीबार रातिबाट मौन अवधि सुरु हुने भएको कारण चुनावी प्रचार प्रसारका सम्पुर्ण कार्यक्रम गर्न नपाईने ब्यवस्था रहेको र यदी कुनै उम्मेदवार वा राजनीतिक दलहरुबाट त्यस्ता कामहरु भए कारवाही गरिने मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

lotus institite

कुनै पर्चा पम्प्लेट टाँस्ने, माईकिङ गर्न,फ्ल्यास बोर्ट टाँस्न, सञ्चार माध्यमले प्रचार प्रसार गर्ने लगायत काम गर्न पाइने छैन । यो मौन अवधि मंसिर १६ गते मतदान कार्य सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ ।

भीमदत्त नगरपालिका ६ मा वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो । भीमदत्त नगरपालिका ६ मा ५ हजार ४ सय ३४ मतदाता छन् । २०७९ को चुनावमा कांग्रेसका महेन्द्र खड्का निर्वाचित भएका थिए । उनको गत वर्ष निधन भएपछि उप निर्वाचन हुन लागेका हो ।

उप निर्वाचनमा दुई स्वतन्त्र र १० राजनीतिक दलका गरी १२ जना चुनावी मैदानमा होमिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...