अशोक सार्की
पर्सा । अहमदिया मुस्लिम जमात नेपालले सबैलाई प्रेम गरौं , कसैलाई घृणा नगरौं भन्ने मुल्य मान्यताका साथ पर्सा जिल्लाको बिन्दुवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठामा अहमदिया मुस्लिम जमात नेपालको ९ औं वार्षिक सम्मेलन सुरु भएको छ । महोमद नसिम खानको सभापतित्व र मुइन अहमद साहब ( अध्यक्ष अहमदिया मुस्लिम जमात नेपाल )को प्रमुख आतिथ्यमा उद्धाटन समारोह सुुरु भएको छ ।
कार्यक्रममा डा. स्माईल साहब ( अफसर जलसा सालना ) सलिम अहमद साहब ( युवा अध्यक्ष अहमदिया जमात नेपाल ) सहित कार्यक्रममा यस क्षेत्रका समाजवसेवी, बुद्धिजीवी, जनप्रतिनिधि सहभागी छन् ।
अहमदिया मुस्लिम समाज नेपालले लोककल्याणकारी कार्यमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । जमातले कोरोना कालको कहर देखि भुकम्प पीडित लगायत शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा समाजले निरन्तर सहयोग गरिरहेको आयोजक सदस्य तथा झापा जिल्ला इन्चार्ज नईम अहमदले बताए
हामी शान्ति र भाइचारा प्रेमी हो । यो कार्यक्रमले आम जनसमुदायमा शान्ति र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने बिश्वास रहेको बताए । अहमदिया मुस्लिम जमात नेपालको ९ औं वार्षिक सम्मेलन दुई दिन रहेकाले शनिबार समापन गरिने रहेको बताए ।